राष्ट्रिय योजना आयोगको बैठक सम्पन्न


काठमाडौं । राष्ट्रिय योजना आयोगको बैठकले १६ औँ योजना निर्माणका लागि तयार गरिएको अवधारण पत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ।
बालुवाटारमा बसेको बैठकले अवधारणा पत्र पारित गर्दै छलफलका लागि अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक योजना र आवधिक योजना (पञ्चवर्षीय) बनाउँदा नस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्ने वातावरण बनाउन आवश्यक हुने बताए ।
उनले योजना निर्माण गर्दा १५ योजनाको समीक्षा जरुरी भए पनि देश योजनाबद्ध विकासको चरणमा प्रवेश गरेको धेरै वर्ष भएकोले यसको समग्र समीक्षा पनि आवश्यक रहेको बताए ।