संसद्को अवरोध हटाउन सभामुखले थाले छलफल, कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै – Nepal Press

संसद्को अवरोध हटाउन सभामुखले थाले छलफल, कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं । संसद् गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।

सोही विषयमा छलफल गर्न दिउँसो १२ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ ।

यसअघि सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए ।

सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराए ।

सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ सभामुखले नेताहरूलाई स्मरण गराए ।

अवरोध खोल्ने विषयमा हिजो पनि सम्माननीय प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग समेत पटक पटक छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर