खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तिराउने आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न उच्चको आदेश – Nepal Press

खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तिराउने आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले निर्वाचन खर्चको विवरण नबुझाएकोमा जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश जारी गरेको छ ।

न्यायाधीश ऋषि राम दवाडीको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । यस सम्बन्धमा अदालतले दुवै पक्षलाई आगामी साउन २२ गते छलफलका लागि बोलाएको आदेशमा उल्लेख छ ।

आयोगले निर्वाचन खर्चको विवरण नबुझाएको भन्दै १५ हजार रुपैयाँ जरिवाना तोकेपछि रास्वपाका सांसदहरु सोबिता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीले उच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाइपछि अदालतले आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको हो ।

यस्ताे छ आदेश

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर