सचेतकहरूलाई प्रधानमन्त्रीको आग्रह- टीआरसी विधेयक तत्काल अगाडि बढाउन सहयोग गर्नुहोस् – Nepal Press

सचेतकहरूलाई प्रधानमन्त्रीको आग्रह- टीआरसी विधेयक तत्काल अगाडि बढाउन सहयोग गर्नुहोस्

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउन सहयोग गर्न नेताहरूसँग आग्रह गरेका छन् ।

सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार लगायतका अन्य दलका सचेतकहरूसँग प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन् ।

संक्रमणकालीन न्यायसँग जोडिएका विषयहरूलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले सो विषयमा चासो राखेको बताए ।

कानून, न्याय तथा मानव अधिकार समिति सदस्य समेत रहेका परियारले कानून उपसमिति बनाएर छलफल सकिएको र अहिले प्रतिवेदन लेख्ने काम भइरहेको जानकारी प्रचण्डलाई गराएको बताए ।

यस्तै भेटमा संसदको प्रभावकारिता, गतिरोध अन्त्य गर्ने र संसदीय समितिहरूमा सभापति चयनको विषयमा पनि प्रधानमन्त्री ध्यानाकर्षण गराएको उनले बताए ।

प्रचण्डले अन्य दलहरूसँग पनि आफू छलफलमा रहेकाले केहीदिनभित्र नै समितिहरूले पूर्णता पाउने आश्वासन दिएको उनले जनाए ।

सोमबार नै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच पनि छलफल भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर