नेकपा एसको सचिवालय बैठक बस्दै – Nepal Press

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय, आलोक नगर, मीन भवनमा बैठक बस्नेछ ।
सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

प्राविधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।

यसै गरी, सचिवालय बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने देखी रिक्त रहेका पदहरूमा पदपूर्ति गर्ने एजेन्डा पनि सचिवालय बैठकको रहेको जनाइएको छ ।

साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर