नेकपा एसले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटी बैठक, कुन कहिले ?


काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटिका बैठकहरु आह्वान गरिएको छ ।
महासचिव घनश्याम भुसालले बैठकहरु बोलाइएको जानकारी दिएका छन् ।
उनका अनुसार केन्द्रीय सचिवालयको बैठक साउन १९ गते बिहान ८ बजेका लागि पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवीमा बोलाइएको छ । त्यस्तै, स्थायी कमिटीको बैठक साउन २० र २१ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा डाकिएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक भदौ ५, ६ र ७ गते बिहान १० बजेका लागि कान्तिपुर गार्डेन ब्याङकेट, बालकुमारीमा निर्धारित गरिएको महासचिव भुसालले जनाएका छन् ।
बैठकका एजेण्डाहरुमा रिपोर्टिङ÷राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र नेताहरुको कार्यभारलगायत रहनेछन् ।