लेखामा सय उजुरी : कुलमानले विद्युत पोल खरिदमा भ्रष्टाचार गरेकोदेखि ई-पासपोर्ट छपाइ अनियमिततासम्म – Nepal Press

लेखामा सय उजुरी : कुलमानले विद्युत पोल खरिदमा भ्रष्टाचार गरेकोदेखि ई-पासपोर्ट छपाइ अनियमिततासम्म

काठमाडौं । प्रतिनिधि सभाका सबै समितिहरु नेतृत्वविहीन रहँदा सुशासनका पक्षमा संसदले सरकारलाई आवश्यक नीति निर्देशन दिने प्रक्रिया समेत अबरुद्ध भएको छ ।

भ्रष्टाचार, अनियमितता र बेरुजुको छानबिन गर्ने मुख्य समिति सार्वजनिक लेखा समितिमा मात्र यसबीचमा एक सयवटा उजुरी परेका छन् । ती अधिकांश भ्रष्टाचार र अनियमितता सम्बन्धी छन् ।

उजुरीमा विद्युत प्राधिकरणले अप्टिकल फाइबर सम्बन्धी विद्युत पोल खरिद प्रक्रियामा सम्झौताविपरीत काम भइरहेकोदेखि ई-पासपोर्ट छपाइमा अनियमितता हुन लागेको र नेपाल वायु सेवाको भ्रष्टाचारजस्ता धेरै विषयहरु छन् ।

समितिमा प्राप्त भएका उजुरीहरुलाई छलफल र निर्णयको प्रक्रियामा लैजान सभापति नै नभएकाले असहज भएको छ । आइतबारको समिति बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिको सभापति चयन नभए अबका बैठकमा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।

यस्ता छन् लेखा समितिमा प्राप्त भएका भ्रष्टाचार र अनियमितताका सूचना र उजुरीहरु:

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *