समाजवादी मोर्चाले आज विद्यार्थीहरूको मोर्चा घोषणा गर्दै – Nepal Press

समाजवादी मोर्चाले आज विद्यार्थीहरूको मोर्चा घोषणा गर्दै

काठमाडौं । समाजवादी मोर्चामा संलग्न दलका विद्यार्थी संगठनहरुले पनि मोर्चाको घोषणा गर्दैछन् । माओवादी र विप्लव निकट अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको मोर्चा बन्ने छ ।

संघीय संसद् भित्र रहेका तीनवटा दल र संसदबाहिर रहेको एउटा दलसमेत आबद्ध रहेको समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रूपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रूपमा घोषणा गर्न लागेको हुन ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ  ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल ९जसपा नेपाल० का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर