मधेशमा मुस्लिम समुदाय र हिन्दू मिलेर यसरी मनाइँदै छ मोहरम पर्व (तस्बिरहरू) – Nepal Press

मधेशमा मुस्लिम समुदाय र हिन्दू मिलेर यसरी मनाइँदै छ मोहरम पर्व (तस्बिरहरू)

जनकपुरधाम । मुस्लिम समुदायले आज मोहरम (दाहा) पर्व धुमधामका साथ मनाइँदै छ । लाठी, तलवार तथा झर्नी खेलेर मुस्लिम समुदायले मोहरम पर्व मनाउँछन् ।

मोहरम पर्वको अवसरमा मुस्लिम बसोबास रहेको धनुषा, सिरहा, महोत्तरी, सप्तरी लगायतका जिल्लाको ग्रामीण भेगमा भव्य मेला लागेको छ । जनकपुरधाममा समेत मुस्लिम समुदायले हर्षोल्लासका साथ मोहरम पर्व मनाइरहेका छन् ।

केहि वर्ष यतादेखि जनकपुरधाममा मुस्लिम समुदायले मोहरम पर्वको अवसरमा घरेलु हतियार प्रदर्शन गर्दै आएका थिए । तर यस वर्ष प्रशासनले प्रतिबन्ध लगाएका कारण उनीहरू घरेलु हतियार प्रदर्शन गरेनन् । लाठी–लाठी खेलेर युवाहरू मनोरञ्जन गरे ।

लाठी–लाठी खेल्दा हेर्नका लागि ठूलो संख्यामा मानिसहरूको भीड भेला हुन्छ । यसमा हिन्दूहरु समेत सहभागी हुन्छन् । हिन्दूहरु समेत मुस्लिमसँगै लाठी–लाठी खेलेर मेलामा दर्शकलाई मनोरञ्जन गराउने भएकाले यो पर्व हिन्दू–मुस्लिमको आपसी सद्भाव बढाएको छ ।

इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मोहरम पर्व मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर