वायुसेवा सञ्चालक संघले बनायो हवाई सुरक्षा अध्ययन गर्न ‘टाक्सफोर्स’


काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई सुरक्षा अध्ययन समिति ‘टाक्सफोर्स’ बनाएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दे हवाई सुरक्षा अभिवृद्धि, अध्ययन तथा सुरक्षाका लागि आफ्नै अपरेटरहरु राखेर टाक्सफोर्स गठन गरेको जानकारी दिएको हो ।
आफूले गर्ने अध्ययन तथा अनुगमन प्रभावकारी बनाउन र वायुसेवासँग सम्बन्धित क्षेत्रलाई चाहिने जानकारीसमेत दिन टाक्सफोर्स बनाइएको संघले बताएको छ । चार जना सदस्यीय टाक्सफोर्समा यज्ञप्रसाद गौतम, क्याप्टेन हिराबाबु दाहाल, नारायणबहादुर सिंह डंगोल र रवि कंसाकार रहेका छन् ।
टाक्सफोर्सले एक महिनामा अध्ययन सकाएर प्रतिवेदन तयार गरिसक्ने संघले जनाएको छ ।