सुवेदीको अधिवक्ता लाइसेन्स एक वर्षका लागि निलम्बन


काठमाडौं । नेपाल बार काउन्सिलले हरिचन्द्र सुवेदीको अधिवक्ता लाइसेन्स एक वर्षका लागि निलम्बन गरेको छ ।
सुवेदीलाई एक वर्षसम्म कानून व्यवसाय गर्न नपाउने गरी उनको लाइसेन्स निलम्बन गरिएको बार काउन्सिलले जनाएको छ ।
अनुशासनविपरीत काम गरेको पाइएपछि लाइसेन्स निलम्बन गरिएको बार काउन्सिलले उल्लेख गरेको छ ।
नेपाल बार काउन्सिलका सचिव भानदेव जोशीले वारेसनामाका लागि छोडेको कागजलाई अधिवक्ता सुवेदीले दुरुपयोग गरेको पाइएकाले अनुशासन कारबाही भएको बताए ।
‘उहाँका एकजना क्लाइन्टले वारेसनामाका लागि लिखत छाड्नु भएको रहेछ। त्यही लिखतलाई अन्य प्रयोजनका लागि प्रयोग गरेका कारण लिखत छाडेका व्यक्तीले ३० लाख रुपैयाँ तिर्नु परेको अवस्था देखियो’, जोशीले भने ।
सुवेदीविरुद्ध उजुरी परेपछि बार काउन्सिलले छानबिन अगाडि बढाएको थियो ।
समाचारमा भुलवश असम्बन्धित व्यक्तिको तस्बिर प्रकाशित हुन गएकोमा क्षमायाचनासहित हटाइएको छ : सम्पादक