सांसदहरु नै गर्छन् संसदीय समितिको बैठक ‘बंक’

२०८० साउन १२ गते १३:२८

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
बिहान साढे ११ बजेका लागि सिंहदरबारमा बोलाइएको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो ।
२६ सदस्यीय समितिमा बैठक बस्न १४ सांसद आवश्यक पर्छ । तर, बैठकमा १३ सांसदमात्रै उपस्थित भएको बताइएको छ ।
आन्तरिक कार्यविधि र आएका उजुरीहरूका बारेमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएपछि अर्को बैठक आइतबारका लागि राखिएको छ ।
प्रतिक्रिया