डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला – Nepal Press

डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला

कैलाली । डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्ययनरत साउँद घर नजिकैको पहिरोमा झरेको अवस्थामा फेला परेकी छन् । हिजो रातिदेखि हराएकी उनको शव घरदेखि करिब पाँच सय मिटरको दुरीमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले घटनाबारे छानबिन भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर