कोशीमा नयाँ सरकार गठनबारे सर्वोच्चले के भन्यो ? – Nepal Press

कोशीमा नयाँ सरकार गठनबारे सर्वोच्चले के भन्यो ?

काठमाडौं । सर्वोच्च अदालतले कोशीमा सभामुखको सहभागितामा गठन भएको सरकारलाई असंवैधानिक ठहर गरेलगत्तै मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।

न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्णइजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिएको छ ।
थापाको नियुक्ति जुन प्रक्रियाबाट थालिएको थियो सोही प्रक्रियाबमोजिम २ वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न भने अदालतले बाटो खोलेको छ ।

तर, सभामुखबाहेककै बहुमत देखाउन नसकेपछि धारा १६८ को ३ उपधाराबमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर