पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु – Nepal Press

पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु

पोखरा । पोखरामा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका—९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा— २६ बुढीबजार बस्ने २२ वर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

बुधवार दिउसो क्यानोनिङ गर्ने क्रममा घाइते भण्डारीको उपचारका लागि पोखराको मणिपाल अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर