महोत्तरीमा एनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ – Nepal Press

महोत्तरीमा एनएमबी बैंक लुट्ने गिरोहका एक भारतीय नागरिक पक्राउ

जनकपुरधाम । महोत्तरीको दिनदहाडै एनएमबी बैंक लुट्ने हतियारधारी समूहका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजय कुमार छन् ।

उनलाई बुधवार मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

०८० जेठ १६ मा हतियारधारी एक समूहले बैंकबाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेर फरार भएको थियो । ती समूहमा पक्राउ परेका अजय पनि संलग्न रहेको प्रहरीको दाबी छ ‌।

महोत्तरी प्रहरीले पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाका मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत महोत्तरीले उनलाई सात दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *