लुम्बिनीका अर्थमन्त्री मास्कीले पाए कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी

२०८० साउन १० गते १५:४४

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री देश बाहिर जाने भएपछि अर्थमन्त्री धनबहादुर मास्कीले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँदिल्लीमा हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ मा सहभागी हुन बुधबार त्यसतर्फ जाँदैछन् ।
सभामुख तुलाराम घर्तीले बुधबार सदनमा मुख्यमन्त्री चौधरी भारत जाने भएपछि अर्थमन्त्री मास्कीलाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर