व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबलबाट जुमानु, विक्रम र भोलाको संन्यास – Nepal Press

व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबलबाट जुमानु, विक्रम र भोलाको संन्यास

काठमाडौं । थ्री स्टार क्लबका कप्तान विक्रम लामा, नेपाल पुलिस क्लबका जुमानु राई र भोला नाथ सिलवालले व्यावसायिक र अन्तर्राष्ट्रिय फुटबल करियर बाट संन्यास घोषणा गरेका छन् ।

शनिवार दशरथ रंगशालामा भएको ए डिभिजन लिगको समापन समारोहमा तीनै खेलाडीले संन्यास घोषणा गरेका हुन् । विक्रमले थ्रि स्टार क्लबका लागि लिगको अन्तिम खेलमा विजयी गोल गर्दै आफ्नो टिमलाई रेलिगेसन बाट बचाएका थिए ।

करिब १४ वर्ष लामो फुटबल करियरमा विक्रमले नेपाली राष्ट्रिय फुटबल टिमबाट ३१ खेल खेलेका छन् । करिब डेढ दशक थ्री स्टारमा बिताएका विक्रम २०६९ सालमा क्लब लिग च्याम्पियन हुँदाका मुख्य सदस्य थिए ।

यस्तै, राष्ट्रिय टिमबाट खेली सकेका जुमानु र भोला पुलिसले २०६६, १०६६, २०६७ र २०६७ मा लिग जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *