धारिलो हतियारले धनुषामा श्रीमान्–श्रीमतीको हत्या प्रयास – Nepal Press

धारिलो हतियारले धनुषामा श्रीमान्–श्रीमतीको हत्या प्रयास

जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमान्–श्रीमतीको हत्या प्रयास भएको छ ।

मिथिला विहारी नगरपालिका ६ बिर्सियाका ३५ वर्षीय दिनकर यादव र उनका श्रीमती ममता यादवको हत्या प्रयास भएको हो । दिनकरको गर्दन (घाँटी) र उनकी श्रीमती ममताको दायाँ हातमा धारिलो हतियार प्रहार गरिएको छ ।

रगत अत्यधिक बगेकाले दिनकरको अवस्था चिन्ताजनक छ । उनको शरीर रगतले भिजेको देखिन्छ । उनी दुवै जनालाई उपचारका लागि अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ ।

घरमै भएको बेला उनीहरूमाथि आक्रमण भएको र आक्रमण कसले गरेको विषयमा थाहा नभएको उनीहरूलाई उपचारका लागि अस्पताल ल्याएका एक आफन्तले बताए ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले घटना विषयमा जानकारी लिने प्रयासमा लागेको बताए । उनले भने– सिर्सियामा भएको घटनाबारे अहिले मलाई केही थाहा छैन । म बुझ्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर