पूर्व मन्त्री करिमा बेगमसहित ठूलो संख्यामा नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश – Nepal Press

पूर्व मन्त्री करिमा बेगमसहित ठूलो संख्यामा नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

जनकपुरधाम । पूर्व मन्त्री करिमा बेगमसहित पर्सामा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।

वीरगञ्जमा आज आयोजित एक समारोहबीच पूर्व मन्त्री बेगम, पूर्व मधेश प्रदेश सांसद प्रह्लाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशी कपुर मियाँलगायतका नेता कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई जनमतका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले फूलमाला लगाएर पार्टीमा भित्र्याए ।

पर्सामा विभिन्न पार्टीका करिब १ हजार बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीले दाबी गरेको छ । पूर्व मन्त्री, पूर्व सांसद र केन्द्रीय नेताहरू समेत प्रवेश गरेपछि जनमत पर्सामा मजबुत बन्दै गएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका राष्ट्रिय अध्यक्ष डा. राउतले मधेससँग मधेशकै नेताहरू गद्दारी गरेकाले पुनः मधेश आन्दोलन गर्न आवश्यक भएको बताएका छन् ।


प्रतिक्रिया

One thought on “पूर्व मन्त्री करिमा बेगमसहित ठूलो संख्यामा नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

  1. भाग खान जाने । भाग नपाए छोडने । यस्ता अनैतिक नेताहरूले गर्दा नै राजनीति विकृत भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर