रंगेहात पक्रेपछि बर्लिनले वेश्यालयलाई माफी माग्दै तिनुपर्‍यो दुई लाख ६९ हजार डलर – Nepal Press

रंगेहात पक्रेपछि बर्लिनले वेश्यालयलाई माफी माग्दै तिनुपर्‍यो दुई लाख ६९ हजार डलर

काठमाडौँ । मानव तस्करी गरिएको भन्दै ‘रेड’ हान्ने जर्मनीको बर्लिन सहरले घटना प्रमाणित हुन नसकेपछि दुई लाख ६९ हजार अमेरिकी डलर जरिवाना तिरेको छ ।

सन २०१६ मा बर्लिनको एक वेश्यालयमा मानव तस्करी भएको आशङ्कामा हानिएको ‘रेड’लाई प्रमाणित गर्न नसकेपछि सिटी अफ बर्लिनले जरिवानाका तिर्नुका साथै माफी समेत मागेको छ ।

जर्मनी सरकारको स्वामित्वको विश्व मिडिया डिडब्लुका अनुसार सन २०१८ मा जर्मनीको बर्लिन क्षेत्रीय अदालतले प्रमाण नपुगेको भनेपछि बर्लिनले क्षतिपूर्ति तिर्न र माफी माग्न परेको छ । सहरले माफी मागेसँगै आर्थिक क्षतिपूर्ति समेत तिरेकोले अब मुद्दा समाप्त भएको डिडब्लुले उल्लेख गरेको छ ।

मुद्दा टुंगो लागेसँगै वेश्यालयको तर्फबाट मुद्दा लडेका वकिल मार्गेट ग्राफिन भोन गालेनले भने, ‘मुद्दा समाधान हुनुले कानुनी राज्यमा विश्वास दिलाएको छ ।’

वेश्यालय सञ्चालकले क्षतिपूर्तिमा आएको रकम रेड हान्दा खेरि पीडित भएका महिला कर्मचारीहरूको लागी क्षतिपूर्ति दिइने छ ।

२१ वर्ष अगाडि सन २००२ मा एक वेश्यावृत्ति ऐन ल्याएको जर्मनीले वेश्यावृत्तिलाई पनि अरू काम जस्तै कामको कानुनी मान्यता दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *