आउँदो मङ्गलवारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान – Nepal Press

आउँदो मङ्गलवारबाट नेपालमा मनसुन प्रवेश हुने पूर्वानुमान

काठमाडौं । नेपालमा आउँदो मङ्गलवारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।

अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यून चापीय प्रभावले मंगलबारदेखि नेपालमा बदली भई गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञडा. धर्मराज उप्रेतीले जानकारी दिए ।

दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधवार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताए ।

आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तर भागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।

चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यून चापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ । आज स्थानीय वायुका कारण काठमाडौं उपत्यकामा गर्मी सामान्य घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *