ताइवानसँग सम्बन्ध तोडेको तीन महिनामा होन्डुरसकी राष्ट्रपति चीन भ्रमणमा – Nepal Press

ताइवानसँग सम्बन्ध तोडेको तीन महिनामा होन्डुरसकी राष्ट्रपति चीन भ्रमणमा

काठमाडौं । तीन महिना अगाडि ताइवानलाई देशको मान्यता नदिने कूटनीतिक लाइन लिएको ल्याटिन अमेरिकी देश होन्डुरसकी राष्ट्रपति चीन पुगेकी छिन् ।

शुक्रवार चीन पुगेकी राष्ट्रपति सिओमारा क्यास्ट्रो ६ दिन चीन भ्रमणमा रहने र भ्रमणका दौरानमा चिनियाँ राष्ट्रपति सि चीनफिङसग पनि भेट हुने रुसी मिडिया आरटीले उल्लेख गरेको छ।

क्यास्ट्रो साङ्घाई ओर्लेर चीन भ्रमणमा आएकी हुन् । गत मार्चमा क्यास्ट्रोले विश्वमा चीन एउटा मात्रै भएको र जनवादी गणतन्त्र चीन सरकार नै त्यसको आधिकारिक सरकार भएको कूटनीतिक घोषणा गरेकी थिइन्।

होन्डुरसले मान्यता त्याग गरेसँगै ताइवानलाई मान्यता दिने देशको संख्या १३ मा झरेको छ। पछिल्लो सात वर्षमा आधा दर्जन देशले ताइवानलाई दिएको मान्यता त्याग गरेको बेलायती अखबार गार्डियनले उल्लेख गरेको छ। स

न २०२२ को जनवरीमा राष्ट्रपति चुनिएकी क्यास्ट्रो होन्डुरसक प्रथम महिला राष्ट्रपति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *