प्रचण्डलाई ओलीको प्रश्न- अतिक्रमित भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेन वारका कारणले हो ? (भिडिओ) – Nepal Press

प्रचण्डलाई ओलीको प्रश्न- अतिक्रमित भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेन वारका कारणले हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको टिप्पणी गरेका छन् ।

भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै उनले प्रश्न पनि गरेका छन् ।

देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै ओलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाए ।

उनले प्रश्न गरे, ‘प्रचण्डजीको भारत भ्रमणमा भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’

नेपालका नदी भारतलाई कुन आधारमा दिइएको भनेर प्रधानमन्त्री भन्न नसकेकाले शंका गर्ने ठाउँ रहेकाे उनकाे भनाई छ । सरकारले जनतालाई कुन सर्तमा यस्ता सम्झाैता भएकाे हाे भन्ने कुराकाे जानकारी दिनुपर्ने बताए ।

ओलीले नेपालका नदीहरू भारतलाई सित्तैमा दिएको पनि युक्रेनकै वारले हो भन्दै अर्को प्रश्न गरे ।

नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त अवस्था राम्रो छैन । देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यता उता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की ? के गरेको छ ? अनि यहाँ युक्रेनका वारले हो प्रचण्ड जीले नदीहरू सित्तैमा दिएर आएको ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर