बालेनले सांसद वडाध्यक्षको हैसियतमा आए भन्दा ताली बजाउनेहरू अहिले बजेट माग्न आउँदैछन् : दुर्लभ थापा (भिडिओ) – Nepal Press

बालेनले सांसद वडाध्यक्षको हैसियतमा आए भन्दा ताली बजाउनेहरू अहिले बजेट माग्न आउँदैछन् : दुर्लभ थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले सांसद विकास कोष ब्युँताउने सरकारी निर्णयको विरोध गर्ने नेताहरू बजेट माग्न आइरहेको आरोप लगाएका छन् ।

सरकारले सांसद विकास कोष मार्फत प्रति सांसद ५ करोड रुपैयाँ दिने विषय बजेटमा समेटेपछि यसको विरोध भएको थियो । काठमाडौंका मेयर बालेन शाहले सांसदहरू वडाध्यक्षको हैसियतमा आए भन्दे टिप्पणी गरेका थिए ।

सांसद थापाले मेयर शाहको सो टिप्पणीपछि उनको समर्थन गर्ने कतिपय पार्टीका नेताहरू अहिले हाम्रो वडामा कति बजेट आउँछ भनेर सोधिरहेको बताए ।

उनले भने, ‘बालेनले सांसदहरू वडाध्यक्षको हैसियतमा आइसके भन्दा पार्टीका साथीहरू ताली बजाएर ठिक बोल्यो भन्थे । अहिले त्यही साथी मेरो वडामा ५ करोडमध्ये कति पर्छ भनेर सोध्न आउँछन् ।’


प्रतिक्रिया

2 thoughts on “बालेनले सांसद वडाध्यक्षको हैसियतमा आए भन्दा ताली बजाउनेहरू अहिले बजेट माग्न आउँदैछन् : दुर्लभ थापा (भिडिओ)

  1. यस्ता पत्रु नेतालाइ जिताएर भक्तपुरवासीले महेशमार्फत हुने विकासको ठूलो सम्भावना गुमाए । अब चाहिँ यस्तो गल्ती नगर्न सुझाव दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर