महाकाली किनारमा एक पुरुषको शव फेला – Nepal Press

महाकाली किनारमा एक पुरुषको शव फेला

बैतडी । महाकाली किनारमा आज एक पुरुषको शव फेला परेको छ । बैतडीको शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । शव महाकालीमा बगेर आएको हुन सक्ने प्रहरी निरीक्षक खत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *