धनगढीमा आइतबारदेखि चार दिन गर्मी बिदा – Nepal Press

धनगढीमा आइतबारदेखि चार दिन गर्मी बिदा

कैलाली । धनगढीमा आइतवरदेखि गर्मी बिदा हुने भएको छ। अत्यधिक गर्मी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले चार दिन बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जारी गरेको सूचनामा वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। साथै दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्ने गरी बन्द गर्न समेत जानकारी गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *