गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भन्दै एमाले नेता शेरबहादुर तामाङ माइतीघरमा (तस्बिरहरु) – Nepal Press

गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भन्दै एमाले नेता शेरबहादुर तामाङ माइतीघरमा (तस्बिरहरु)

काठमाडौं । गाँजा खेती गर्न पाउनुपर्छ भन्दै नेकपा एमालेका नेता शेरबहादुर तामाङ लगायत केही अभियन्ताहरू माइतीघर पुगेका छन् ।

लामो समयदेखि गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङ माइतीघर पुगेका हुन् ।

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बजेटमार्फत घोषणा गरेपछि अहिले यसको पक्षमा स्वतन्त्र रूपमा समेत अभियान चल्दै आएका छन् ।

औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको थियो ।

नेपाल गाँजा वैधानिक महाअभियानले यसकाे अगुवाई गरेका थियो ।

 

 


प्रतिक्रिया

2 thoughts on “गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भन्दै एमाले नेता शेरबहादुर तामाङ माइतीघरमा (तस्बिरहरु)

  1. यत्रो हाईट भएको नेताले गरेको सुहायो त ? सानो घेराबाट माथि उठ शेरजी ।

  2. शेरबहादुर तामाङले जे गरे राम्रै गरे । हुने खाने ठुला विकशित र धनी देश हरु ले औषधि को नाउँमा गाँजा खेती गर्दै हाम्रो जस्तो गरिब देश मा पठाउन हुने। अनि हामी ले खेती गर्न न हुने भन्ने होइन। हामी ले आफ्नो देशको आवश्यकता अनुसार र विदेश बाट माग को आधारमा गाँजा खेती विस्तार गर्दै लै जानु पर्छ। यदि हाम्रा नेपाली किसानहरू लाइ अन्न र तरकारी खेती भन्दा बढी कमाई हुन्छ भने गाँजा खेती गर्न सरकारले प्रोत्साहित गर्नु पर्छ। सरकार ले बजार खोजि दिने हो। हामी संग पैसा छ भने संसारको जुनसुकै कुना बाट आयात गरेर खान सक्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर