अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरी – Nepal Press

अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरी

जनकपुरधाम । स्वतन्त्र सांसद अमरेश कुमार सिंहविरुद्व जिल्ला प्रशासन कार्यालय सर्लाहीमा शान्ति सुरक्षा सम्बन्धी उजुरी परेको छ ।

सुनियोजित रुपमा आक्रमण गर्न लगाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले शुक्रबार सांसद सिंहविरुद्व उजुरी दिएका हुन् । उनले सांसद सिंहबाट असुरक्षित रहेकोले आफू र आफ्नो परिवारको सुरक्षा ब्यवस्था मिलाइदिन माग गरेका छन् ।

बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् ।

उजुरी दर्तापछि ठाकुरले सामाजिक संजालमा लेखेका छन्, ‘जबसम्म उसको गुण्डागर्दी र भ्रष्टाचारलाई सतहमा ल्याईदैन तबसम्म म चुप हुने छैन् । मलाई मार्ने धम्की वा डर देखाएर चुप गराउने सपना नदेखे हुन्छ अमरेशले ।’

सांसद सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरी कारबाही गर्न उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ठाकुरले केहि दिन अगाडि उजुरी दिएका थिए ।

 


प्रतिक्रिया

One thought on “अमरेशविरुद्व सर्लाही प्रशासनमा विकास ठाकुरले दिए शान्ति सुरक्षा सम्बन्धी उजुरी

  1. पदमा नै नबसेको अमरेशले अकुत सम्पत्ति कमाएको भनेर उजुरी हाल्ने कतै मोदीको लागि दलाली त गरिरहेका छैनन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर