फ्रेन्ड्स रेलिगेसनबाट जोगियो, एपीएफले थ्री स्टारको नतिजा कुर्नु पर्ने – Nepal Press

फ्रेन्ड्स रेलिगेसनबाट जोगियो, एपीएफले थ्री स्टारको नतिजा कुर्नु पर्ने

काठमाडौं । लिगको अन्तिम खेलमा एपीएफ क्लब माथि ३-० गोलको नतिजामा जित निकाल्दै फ्रेन्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा रेलिगेशन संकट टारेको छ ।

फ्रेन्ड्सले २६ खेलमा ७ जित ९ बराबरी र १० हारको नतिजासहित ३० अंक जोडेको छ । फ्रेन्ड्स तालिकाको ११औं स्थानमा उक्लिएको छ ।

भने, एपीएफ क्लब १२औं स्थानमा झरेको छ । एपीएफले अब रेलिगेशन संकट टार्न सनिबार हुने खेलमा थ्री स्टार क्लबको नतिजामा भर पर्नु पर्नेछ ।

शनिबार थ्री स्टारले जावलाखेललाई हराए एपीएफ रेलिगेशनमा पर्नेछ । यदी, थ्री स्टारले जावलाखेलसँग बराबरी खेले अथवा हारे थ्री स्टार रेलिगेशनमा पर्नेछ ।

दुई टिम रेलिगेशन पर्नेमा लिगको अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइजसँग एन्फा कम्प्लेक्समा खेलिरहेको खुमलटार २-० ले पछि परेको छ । यदी चर्च ब्वाइजसँग पराजित भए खुमलटार बढुवा भएको पहिलो सिजनमै रेलिगेशनमा पर्ने छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफलाई हराउन टोरिग जेब्रीन, विकाश थापा, राफिक अमिनु र अख्रोबेक उक्तामोबले गोल गरे ।

खेलको १५औं मिनेटमा टोरिग जेब्रीनले फ्रिकिक मार्फत गरेको गोलमा फ्रेन्ड्सले अग्रता लिएको थियो । विकाश थापाले ३०औं मिनेटमा फ्रेन्ड्सको अग्रता दोब्बर पारे । पहिलाृ हफमा २-० गोलको अग्रता बनाएको फ्रेन्ड्ले दोस्रो हाफमा पनि एपीएफमाथि निरन्तर दबाव शृजना गर्यो ।

राफिक अमिनुले ७२औं मिनेटमा फ्रेन्ड्का लागि तेस्रो गोल गरे । सब्सिट्युट खेलाडी अख्रोबेक उक्तामोबले ८२औं मिनेटमा गरेको गोलसँगै फ्रेन्ड्सले ४-० गोलको नतिजामा जित निकाल्दै रेलिग्शन संकट टार्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर