‘बद्री बहादुर’ को दुई पोस्टर बजारमा – Nepal Press

‘बद्री बहादुर’ को दुई पोस्टर बजारमा

काठमाडौं । शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्री बहादुर’ को दुईवटा पोस्टर शुक्रबार सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो असार २९ गते रिलिज हुँदैछ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतका कलाकारको अभिनय छ ।

समीर मिया सह-निर्माता रहेको कमेडी जनराको फिल्ममा सलोन बस्नेत र पूजा शर्मा विशेष भूमिकामा छन् ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको छ ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा जिल्लामा छायांकन गरिएको छ । विजय गोपाली दली प्रस्तुतकर्ता रहेको फिल्ममा मिथुन भोटे निर्माता छन् । चलचित्रको वितरण आरआर फिल्मसले गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर