दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता काठमाडौंमा सुरु – Nepal Press

दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता काठमाडौंमा सुरु

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता आजबाट सुरु भएको छ ।

बिहीबार काठमाडौंको नेपाल-भारतमैत्री धर्मशाला तिलगङ्गामा प्रतियोगिता सुरु भएको हो । साथै माउण्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप पनि सुरु भएको आयोजकले जनाएको छ ।

आज एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले गरे ।

उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुनेछ । योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बङ्लादेश गरी तीन देशका खेलाडी सहभागी छन् । स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिष्पर्धा हुनेछ । जसअनुसार आठदेखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसैगरी माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुने भएको छ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर