नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित – Nepal Press

नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित

काठमाडौं । विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टीमले पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटको पराजय व्यहोरेको छ ।

दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ थालेको नेपालले २८.५ ओभरमा सबै विकेट गुमाउनुअघि १३२ रनको मात्रै योगफल बनाउन सक्यो ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्याण्डले २९ ओभरमा ३ विकेट गुमाएर १३३ रन बनाउँदै निर्धारित लक्ष्य पूरा गर्‍यो ।

स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ५९ रनको अविजित इनिङ खेले । ओपनर क्रिस म्याकब्रिज १३ रनमा आउट हुँदा कप्तान रिची बेरिङटन ४१ रनमा अविजित रहे ।

नेपालका लागि गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । कुशलले २६ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै ३६ बलमा पाँच चौकासहित २८ रन बनाएर पभिलियन फर्किँदा कुशल भुर्तेलले १६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका ज्याक हार्भिस र ब्रान्डन म्याकमुलेनले सर्वाधिक तीन-तीन विकेट लिए ।

नेपालले अर्को अभ्यास खेल जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *