यश कुमार र मेचु धिमालको ‘गाह्रो छ’मा रियाशा र भटभटेको अभिनय (भिडिओ) – Nepal Press

यश कुमार र मेचु धिमालको ‘गाह्रो छ’मा रियाशा र भटभटेको अभिनय (भिडिओ)

काठमाडौं । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको ‘गाह्रो छ’को म्यूजिक भिडिओ सार्वजनिक भएको छ ।

गीतमा बेगम नेपालीको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज र कुमार रानाको मिक्सिङ र मास्टरिङ छ ।

भिडिओमा रियाशा दाहाल र बेगम नेपाली ‘भटभटे माइला’ फिचर्ड छन् । रोमान्टिक फ्लेभरको गीतमा रियाशा र बेगमको जोडी निकै सुहाएको छ । रियाशा र बेगम टेलिफिल्म ‘गाह्रो छ हो’मा रुचाइएका जोडी हुन् ।

भिडिओ बेगम फिल्मस्को व्यानरमा निर्माण गरिएको हो भिडियोको छायांकन कुलेखानीमा गरिएको छ ।

काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको भिडिओमा प्रविण भट्टको सम्पादन र कलर, अजय रेग्मीको छायांकन, प्रशान्त मगरको सहायक निर्देशन रहेको छ ।

भिडिओ भटभटे माइला युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर