ओडिशा रेल दुर्घटना : घाइते नेपालीको अवस्था सुधारउन्मुख, परिवारसँग भेट्न दिइयो – Nepal Press

ओडिशा रेल दुर्घटना : घाइते नेपालीको अवस्था सुधारउन्मुख, परिवारसँग भेट्न दिइयो

काठमाडौँ । भारतको ओडिशा राज्यको बालासोर जिल्लाको रेल दुर्घटनामा परेर घाइते भएका नेपाली किशोरको स्वास्थ्यमा सुधार आएको छ ।

गत शुक्रबारको रेल दुर्घटनामा परी घाइते भएका नेपाली युवा रमानन्द पासवानको उपचारपछि स्वास्थ्यमा सुधार देखिएको र परिवारका सदस्यहरुसँग पनि भेट गराइएको भारतिय संचार माध्यम द क्युइन्टले जनाएको छ ।

रमानन्द कोरोमन्डल एक्स्प्रेसबाट चेन्नईको यात्रा गरिरहेको रिपोर्टमा उल्लेख छ । गत शुक्रबार साँझ ७ बजे बालासोर जिल्लाको बाहानागा बजार स्टेसननजिकै भएको दुर्घटनामा परेर हाल सम्म २७५ जनाले ज्यान गुमाइसकेको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

ओडिशा राज्यको एक लोकल टेलिभजनका अनुसार सो दुर्घटनामा ३ जना नेपालीको ज्यान गएको छ । यद्यपी सो बारे हालसम्म कुनै आधिकारिक जानकारी एवम् पुष्टि भने भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर