मानव बेचविखनबाट प्रभावितहरूको न्यायमा पहुँच विषयमा दुइदिने कार्यशाला सम्पन्न – Nepal Press

मानव बेचविखनबाट प्रभावितहरूको न्यायमा पहुँच विषयमा दुइदिने कार्यशाला सम्पन्न

काठमाडौं । मानव बेचविखनमा परेका प्रभावितहरुको ‘न्यायमा पहुँच’ विषयमा दुईदिने आवासीय कार्यशाला सम्पन्न भएको छ ।

शक्ति समूह र न्यायाधिवक्ताको कार्यालयको संयुक्त आयोजना एक्टप्याक्ट लग्जम्बर्गकाे आर्थिक सहयोगमा सञ्चालन भएको प्रभावितहरुको न्यायमा पहुँच विषयक कार्यशाला सम्पन्न हो ।

मंगलबार र बुधबार धुलिखेलको एक होटलमा नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीको प्रमुख अतिथि र शक्ति समूहको संस्थापक सदस्य एवं अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा मानव वेचविखन तथा ओसारपसारविरुद्धको सवालमा कानूनी प्रक्रियामा र भएका (भोगेका) समस्याहरू र सम्बन्धित निकायबाट अपेक्षासहित पीडितहरुले अनुभव साटेका थिए ।

रेग्मीले पीडित तथा प्रभावितको न्यायमा पहुँचको लागि महान्यायधिक्ताको कार्यालयको अभ्यास तथा भूमिकाका प्रस्तुतीकरण गरे । यस्तै, बार एसोसियसनकी उपाध्यक्ष आशा राईले प्रभावितमैत्री वातावरणको लागि एसोसियसनबाट भएका अभ्यास तथा भूमिकाबारे प्रस्तुति राखिन् ।

कार्यशालामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको मानव बेचविखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय समिति शााखा प्रमुख मिना पौडेलले समितिको आगामी योजनाबारे जानकारी गराइन् । अभिलेखीकरण अभ्यास र प्रहरीसँगको समन्वयका विषयमा मानव बेचविखन ब्युरोका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी गराए ।

शक्ती समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले प्रस्तुतिकरण गर्नुका साथै २ दिने कार्यशालाको सहजीकरण कृष्णजीवि घिमिरेले गरेका थिए ।

कार्याशालामा प्रभावितहरूलाई कानूनी सहयोगमा भोग्नुपरेका समस्याका बारे शक्ति समूहकी कानूनी सहायक बाला भट्टराईले प्रष्ट पारेकी छन् ।

कार्यशालामा शक्ति समूहद्वारा सञ्चालन ‘सु्रक्षाका लागि साथ साथ’ परियोजना सञ्चालित ११ जिल्लाका सरकारी वकिल सहभागी थिए ।

कार्यशालाले बेचविखन प्रभावितहरूको न्यायमा सहज पहुँचका लागि मार्गचित्र कोरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *