शेयर बजारमा २ अर्ब ३६ करोडको कारोबार – Nepal Press

शेयर बजारमा २ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दूमा आएको छ । यस दिन २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

नेप्से सूचक सकारात्मक भएपछि खरिदबिक्री रकममा पनि वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढी रकमसहित कारोबार रकममा सोल्टी होटल अगाडि आएको छ ।

यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् । यद्यपि शेयर बजारको तीब्र वृद्धि भने अझै पनि भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर