प्रधानमन्त्रीको जिकिर- भारतसँग भूमि सट्टाको निर्णय अहिले विरोध गर्ने नेताहरुबाटै भएको छ, प्रमाण देखाउँछु (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको जिकिर- भारतसँग भूमि सट्टाको निर्णय अहिले विरोध गर्ने नेताहरुबाटै भएको छ, प्रमाण देखाउँछु (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग सीमा समस्या समाधानका लागि भूमि सट्टाको विषय अहिले विरोध गर्ने नेताहरूबाटै निर्णय भएको दाबी गरेका छन् । त्यो प्रस्ताव आफ्नो नभएको प्रष्टीकरण समेत दिए ।

राष्ट्रियसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै उनले समय आएपछि प्रमाणसहित देखाउने बताए। भ्रमणको क्रममा नेपालको अहित भयो भन्ने ठाउँ नरहेको जिकिर गरे ।

उनले भने, ‘साथीहरूले भन्नुभयो सट्टापट्टा । मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग मैले अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ अहिले, सायद समय आउँछ, प्रमाण पनि देखाउँछु । अहिले जोजो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ पनि गर्नुहुन्थेन भन्नुभएको छ । उहाँहरूले सट्टाको निर्णय गराउनु भएको छ । कुनै दिन समय आउला । तर, मैले राष्ट्रको हितको पक्षमा आफ्नो विवेकले भ्याएसम्म गरें भन्नेमा गर्व छ । खुशी छु ।’

उनले इपीजीबारे माहौल भइराखेको बेलामा ख्यात्र्याक्क होला भन्ने ठानेर ‘हाइ लेवल’मा आफूले कुरा नगरेको प्रष्ट्याए । तर, अरू लेवलमा कुरा गर्दा विश्वासको वातावरण राम्रो बनाएपछि कुरा अगाडि बढाउन सुझाव आएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर