अमेरिकामा मृत्युसँग संघर्ष गर्दै विवेक, पत्नी सिर्जनाको हौसला – Nepal Press

अमेरिकामा मृत्युसँग संघर्ष गर्दै विवेक, पत्नी सिर्जनाको हौसला

काठमाडौं । सुन्दर श्रीमतीसँग बेढंगी पाराले नाच्ने एक युवकलाई टिकटकमा नोटिस गर्नुभएको छ ? पक्कै हुनुपर्छ । तर, धेरै भयो उनीहरुले त्यसरी रमाइला भिडियो नबनाएको ।

विवेक पंगेनी र उनकी पत्नी सिर्जनाको अमिल्दो नृत्यलाई रमाइलो मान्दै हेर्नेहरु धेरै थिए । तर, उनीहरुको जीवनमा अहिले रमाइलो गायब छ । चौंथो स्टेजमा पुगेको ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका छन् विवेक । श्रीमानलाई बचाउन आफ्नो सबै बलबुता खर्चिरहेकी छन् सिर्जना ।

पढाइमा तेज विवेक भौतिकशास्त्रमा पीएचडी गर्नलाई फुल स्कलरसीपमा करिब ७ महिनाअगाडि अमेरिका गएका थिए । पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि करिब साढे दुई महिना अगाडि उनी नेपाल आए । आमाको काजक्रिया सकेपश्चात अमेरिका फर्किने तयारी गर्दैगर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएपछि छाँगाबाट खसे झैं भए विवेक र सिर्जना । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

@crzanasubedi

उनी भन्छन तिमी त नाच्न रमाउन खुशी हुनै भुल्यौ मैले भने ल यता हेर माया यो पल तिम्रो एक मुस्कानका लागी ❤️❤️ @Bibek Pangeni 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

♬ original sound – PARAS

भाइ विपीन पंगेनीका अनुसार अमेरिकाको अस्पतालमा विवेकका दुईवटा सल्यक्रिया भएका छन् र ७० प्रतिशत ट्युमर निकालिएको छ । तर, बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटरबाटै सार्वजनिक गरेकी थिइन् । त्यसपछि उनीहरुका लाखौं शुभचिन्तकले प्रार्थनामात्र होइन, आर्थिक सहयोग पनि गरिरहेका छन् । गो फन्डमार्फत अहिलेसम्म १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको छ । बैंक खातामा पनि केही सहयोग आएको छ ।

सिर्जनाले बेलाबखत श्रीमानसँग भिडिओहरु बनाएर टिकटकमा पोस्ट गर्छिन् । तर, यी भिडिओहरुले पहिले जस्तो दर्शकलाई गराउँदैनन्, बरु भावुक बनाउँछन् । धेरैले श्रीमानप्रति सिर्जनाको असीम प्रेम र समर्पणलाई सराहना गरिरहेका छन् ।

@crzanasubedi

मेरो माया 🥹❤️ @Bibek Pangeni

♬ original sound – Limbus❤️


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *