उद्यम व्यवसायका लागि ५ करोडसम्मको कर्जामा अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न नपर्ने – Nepal Press

उद्यम व्यवसायका लागि ५ करोडसम्मको कर्जामा अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न नपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नवप्रवर्तन उद्यम व्यवसायको लागि कर्जामा सहजता बनाएको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान रहेको बताएको छ ।

नवप्रवर्तन (स्टार्टअप)तथा उद्यमशीलता विकासमा टेवा पुर्‍याउन र यस्तो प्रयोजनमा कर्जा प्रवाह सहज होस् भन्ने उद्देश्यले व्यक्तिगत वा संस्थागत जमानी लिई परियोजना धितोमा (अन्य सम्पत्ति धितो नलिई) मात्र प्रवाह भएको ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने प्रावधान राखेको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रस्तावित उद्यम व्यवसायको अवधारणा, योजना, अनुमानित नगद प्रवाह, वित्तीय सम्भाव्यता, कर्जा जोखिम लगायतका विषयको विस्तृत मूल्याङ्कन गरी कर्जासम्बन्धी निर्णय गर्न सक्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर