प्रधानमन्त्रीको गुनासो- भारतबाट फर्किँदा भव्य स्वागत हुन्छ भन्ठानेको थिएँ, त्यस्तो पाइनँ (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको गुनासो- भारतबाट फर्किँदा भव्य स्वागत हुन्छ भन्ठानेको थिएँ, त्यस्तो पाइनँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबाट फर्कने क्रममा आफ्नो भव्य स्वागत हुन्छ भन्ने सोचेर फर्केपनि त्यस्तो नपाएको गुनासो गरेका छन् ।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालका लागि युगान्तकारी काम भएको जिकिर गरे ।

उनले भने, ‘सीमासम्बन्धी समस्या हल गरिन्छ हामीले त भनेकै कुरा हो । भारतीय प्रधानमन्त्रीले पनि पहिलो चोटि भन्ने परिस्थिति सिर्जना गरियो । त्यसकारण हामीले गर्व गर्न पर्दछ । मलाई त लागेको थियो मैले भारत भ्रमणको उपलब्धिबारे अघि जुन पढेँ, देशले सींगै के सत्तापक्ष के प्रतिपक्ष नागरिक समाज सबैले नै मलाई बधाई दिन्छन् भन्ने सोचेर आएको थिएँ । स्वागत हुन्छ भव्य किनभने नेपालका लागि युगान्तकारी काम भएका छन् भन्ने सोचेको थिएँ ।’

सीमा समस्या समाधान गर्ने भनेर दुई देशको प्रधानमन्त्रीले एकैठाउँबाट प्रतिबद्धता गर्नु सानो उपलब्धि नभएको बताए । उनले सीमाको विषयलाई लिएर भारतसँग सम्बन्ध नै बिगार्ने गरी अतिरंजित प्रचार गरेको आरोप लगाए । भूमि साटफेरको विषय आफूले नउठाएको जिकिर गर्दै पहिल्यैदेखि चल्दै आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर