एमालेका ३४९ नेताको कार्य विभाजन हुँदा मणि थापालाई ‘होलिडे, टोपबहादुरको खोसियो जिम्मेवारी – Nepal Press

एमालेका ३४९ नेताको कार्य विभाजन हुँदा मणि थापालाई ‘होलिडे, टोपबहादुरको खोसियो जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गरेर अन्तर पार्टी निर्देशन पठाउँदा २९ औँ नम्बरमा रहेका स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा बिदा लेखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि ३४९ नम्बरमा रहेका हेमराज राईसम्मको कार्य विभाजन तोकिँदा पूर्व मन्त्री थापा भने बिदामा बसेका छन् । एमालेमै रहे पनि उनले पार्टीमा बिदाको निवेदन दिएकाले कार्य विभाजनमा उनलाई कुनै जिम्मेवारी नदिइएको एमाले स्रोतले जनाएको छ ।

नेकपा विभाजनका बेला माओवादी धार छाडेर केपी ओलीलाई साथ दिएका साहित्यकार तथा गीतकार समेत रहेका थापा पछिल्लो समय मेची काली सांस्कृतिक अभियान लिएर हिँडेका छन् ।

उनले आफू एमालेमै रहेको भन्दै लेखपढ र साङ्गीतिक अभियानका लागि बिदा मागेको बताए । थापाको ‘अरुण तरेर नाना तमोर तरेर,आयौँ हामी वीरताको गाथा कोरेर’ बोलको युद्धकालीन गीत अहिले पनि कालजयी छ ।

एमालेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीको जिम्मेवारी खोसेर निलम्बनमा राखेको अपानीमा उल्लेख छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेका केन्द्रीय सदस्य हरिनारायण महतोले गल्ती स्वीकार गरेकाले उनको निलम्बन फुकुवा भएको छ ।

महतोमाथि मिथिला नगरपालिकाको चुनावमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप थियो । उनी हाल मधेस प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर