बेन्जेमा साउदीको अल इतिहाद क्लबमा अनुबन्धित – Nepal Press

बेन्जेमा साउदीको अल इतिहाद क्लबमा अनुबन्धित

काठमाडौं । करिम बेन्जेमा साउदी क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब इतिहादमा अनुबन्धित भएका हुन् ।

उनले प्रो लिग च्याम्पियन क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् ।

बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *