जीवन डंगौराको प्रष्टीकरण : डीएसपी भाटसँग कुनै मुनमुटाव छैन, मलाई धम्की आएको होइन – Nepal Press

जीवन डंगौराको प्रष्टीकरण : डीएसपी भाटसँग कुनै मुनमुटाव छैन, मलाई धम्की आएको होइन

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आममाफी पाएर रिहाइ हुँदा भिडिओ खिचेका पत्रकार जीवन लाल डंगौराले ईलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी उद्धव सिंह भाटसँग जोडेर आएको समाचारमा आफूलाई दुःख लागेको बताएका छन् ।

जेठ २० गते आफूहरुले चिया खाँदै गरेको सामान्य गफलाई समाचार बनाएको उनले दुःख व्यक्त गरेका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै डंगौराले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आममाफी पाएर गृहनगर टीकापुर आउँदा सुरक्षामा खटिएका डीएसपी भाटसँग आफ्नो कुनै पनि मनमुटाव नरहेको र आफूलाई कुनै किसिमको धम्की नआएको स्पष्ट पारेका छन् ।

त्यस्तै, उनले आफूहरु दाजुभाइबीचको सामान्य चियागफलाई अन्यथा बनाएर समाचार प्रकाशित नगर्न पनि डंगौराले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *