रकम हिनामिना गरी दुवई उड्न लागेको भन्दै अध्यक्ष खनाललाई रोक्न शाइन सहकारीका बचतकर्ताको निवेदन – Nepal Press

रकम हिनामिना गरी दुवई उड्न लागेको भन्दै अध्यक्ष खनाललाई रोक्न शाइन सहकारीका बचतकर्ताको निवेदन

रूपन्देही । बचतकर्ताहरुले रकम हिनामिना गरेर सम्पर्कबिहीन भएका बुटवलको शाइन बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रकाश खनाललाई विदेश जान रोक्न प्रहरीलाई अनुरोध गरेका छन् । उनी विदेश जान लागेको सूचना पाएपछि बचतकर्ताहरू रोक्न माग गर्दै प्रहरी कार्यालय पुगेका हुन् ।

केही दिनयता कार्यालय बन्द गरेर सम्पर्कबिहीन भएका खनालको खोजीका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका उनीहरु बुधवार खनालले बिदेश जाने तयारी गरेको सूचना पाएसंगै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनका छन् ।

अध्यक्ष खनाल बुधबार दुवई जान लागेको जानकारी पाएपछि उनको बिदेश यात्रा रोक्न भन्दै सहकारीका कर्मचारीसहित २० जना पीडितहरुले जिल्ला प्रहरी कार्यालय रुपन्देही मार्फत अध्यागमन कार्यालयमा निवेदन दिएको बचतकर्ता टेकराज पन्थीले जानकारी दिएका छन् ।

पीडितहरुको लिखित निवेदन आएको र उनीहरु बिदेश जान लागेको भए रोक्नका लागि सम्वन्धित निकायमा लेखि पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। केही महिनाअघि संकटमा रहेका ९ सहकारी मर्ज गरिएको भन्दै खनाल आफैले अध्यक्ष भएको घोषणा गरेका थिए ।

तर बचतकर्ताको रकम समयमा फिर्ता गर्न पटक पटक समय तोकेपनि नसकेपछि उनी भाग्न खोजेको पीडित बचतकर्ताको गुनासो छ ।

प्रदेश सहकारीमा दर्ता भएको उक्त सहकारी संकटग्रस्त भएको सूचना नियामक निकायले समयमै पाएपनि संचालकहरूलाई कानुनी दायरामा ल्याउन नसकेका कारण यस्तो समस्या बढेको वचतकर्ताको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *