टेकु अस्पतालको क्वार्टरमा आएर झुण्डिएको अवस्थामा मृत भेटिए नर्सका श्रीमान् – Nepal Press

टेकु अस्पतालको क्वार्टरमा आएर झुण्डिएको अवस्थामा मृत भेटिए नर्सका श्रीमान्

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुस्थित नर्सिङ क्वार्टरमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान् दधीराम भण्डारी पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

५४ वर्षीय भण्डारी झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले नेपाल प्रेसलाई जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

भण्डारी त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारी हुन् । उनी सधैँ अफिस जाँदा आउँदा श्रीमतीसँगै जानेआउने गर्थे ।

आज अस्पतालमा श्रीमतीलाई पुर्‍याएर उनी केहीबेर रेस्ट गर्छु भनी नर्सिङ क्वार्टरको कोठामा गएको बताइएको छ । पछि खाजा खान श्रीमतीले ३ बजेतिर फोन गर्दा नउठेपछि गएर हेर्दा मृत अवस्थामा भेटिएको अस्पताल स्रोतले बतायो ।

दुईजना लामो समयदेखि क्वार्टरमै बस्थे । नयाँ भवन बनाउन क्वार्टर भत्काइने भएपछि अरुले झैँ उनीहरू त्यहाँबाट सरेर डेरामा बस्दै आएका थिए । तर, कोठामा अझै केही सामान भएकाले चाबी भने ती नर्ससँगै थियो ।

भण्डारीको शव पोष्टमार्टमका लागि पठाइएको छ ।


प्रतिक्रिया

One thought on “टेकु अस्पतालको क्वार्टरमा आएर झुण्डिएको अवस्थामा मृत भेटिए नर्सका श्रीमान्

  1. सो स्याट नपत्याउदो कुरा
    बिस्वास लागेको छैन मलाई
    मामा ले किन तेस्तो गर्नुको
    केछ कारण अरूलाई सम्झाउने मान्छे ले कसरी आफै तेस्तो गर्नुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर