नेपाली पर्यटनलाई विश्वको प्रतिस्पर्धात्मक बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री – Nepal Press

नेपाली पर्यटनलाई विश्वको प्रतिस्पर्धात्मक बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन सरकारले सहयोग गर्ने बताएका छन् ।

काठमाडौंको याक एन्ड यतीमा आजबाट सुरु चार दिने हिमालयन ट्राभल मार्टमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई असाधारण गन्तव्य बनाउन पर्यटन पूर्वाधारमा लगानी गर्न सरकार प्रतिबद्ध भएको बताए ।

आजै खप्तडमा भएको कार्यक्रममा सहभागी भएर आएको बताएका प्रधानमन्त्री प्रचण्डले नेपाललाई योगा र ध्यान केन्द्र बनाउन मार्केटिङ र प्रमोसन गर्न आवश्यक भएको बताए । हिमालयन ट्राभल मार्ट महत्त्वपूर्ण नेपाली हिमालय क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण हुने बताए ।

सन् २०१७ बाट सुरु भएको हिमालयन ट्राभल मार्ट प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गर्ने अन्तर्राष्ट्रिय कार्यक्रम हो । सन् २०१८ मा दोश्रो र २०१९ मा तेस्रो संस्करण भएको मार्टको चौथो संस्करण भने कोभिड–१९ को कारण सन् २०२३ मा धकेलिएको पाटा नेपाल च्याप्टर अध्यक्ष विभुती चन्द ठकुरीले बताए ।

पाटा नेपाल च्याप्टरका सिइओ सुरेस बडालले यो संस्करणमा नेपालबाहेक २५ देशका झन्डै एक सय आगन्तुक आएको बताए । उनले भने, ‘पर्यटन क्षेत्रका क्रेता र बिक्रेताहरु आउने नेपालकै सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भएकोले कार्यक्रममा धेरैको चासो छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *