चिनियाँ राजदूत सँगै लिएर भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे चक्रपथ सडक विस्तारको अनुगमन (भिडिओ) – Nepal Press

चिनियाँ राजदूत सँगै लिएर भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे चक्रपथ सडक विस्तारको अनुगमन (भिडिओ)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिट्टै सुरु हुने बताएका छन् ।

दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाअन्तर्गत काठमाडौंको कलंकीदेखि बसुन्धरासम्मको सडकखण्ड मंगलबार निरीक्षण गर्दै मन्त्री ज्वालाले उक्त आयोजना छिट्टै सुरु हुने बताएका हुन् ।

उनले कलंकीदेखि बसुन्धरासम्मको ८.२ किमि सडकमा सरकारले गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गरेको र चीन सरकारले डीपीआर बनाएर छिट्टै टेन्डर गर्ने जानकारी दिए ।

मन्त्री ज्वालाले उक्त सडक खण्डअन्तर्गत ढुङ्गेधारा, गोंगबु र बसुन्धरामा सडकका साथै अण्डरपास बनाउन आग्रह गरेको र चिनियाँ राजदूतबाट सकारात्मक जवाफ प्राप्त भएको उल्लेख गरे ।

अनुगमनमा नेपालका लागि चिनियाँ राजदूतलगायत सरोकारवाला निकायका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

चीन सरकारको अनुदानमा निर्माण भइरहेको चक्रपथ सडक विस्तारअन्तर्गत पहिलो चरणको कोटेश्वरदेखि कलंकीसम्मको काम सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर