पनिकालाई अखिलको ७ बुँदे ज्ञापन पत्र : दुई महिनामा रिजल्टदेखि २४ घण्टामा ट्रान्सिक्रिप्ट दिने व्यवस्था गर्न माग – Nepal Press

पनिकालाई अखिलको ७ बुँदे ज्ञापन पत्र : दुई महिनामा रिजल्टदेखि २४ घण्टामा ट्रान्सिक्रिप्ट दिने व्यवस्था गर्न माग

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले परीक्षा नियन्त्रण कार्यालयलाई व्यवस्थित सेवा प्रवाहका लागि ७ बुँदे ज्ञापन पत्र प्रस्तुत गरेको छ ।

आज कमिटीका पदाधिकारीहरुले कीर्तिपुरस्थिति उपकुलपतिको कार्यालय, शिक्षाध्याक्षको कार्यालय र रजिष्टारको कार्यालयमा यस्तो माग राखेको हाे ।

ईन्चार्ज प्रशान्त भण्डारी र संयोजक समिर राज विष्टले विष्टद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा पेपरेलेस पनिका बनाउन, प्रविधिमैत्री एवम् दक्ष कर्मचारीको व्यवस्थापन गर्न, सेवाको विकेन्द्रिकरण गर्न, सबै तहका परीक्षाफल परीक्षा दिएको दुई महिनाभित्र प्रकाशन गर्नेलगायतका व्यवस्था गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर