कृषि तथा पशुपन्छीको तोकिएको भन्दा धेरै बीमांक कायम गरिए कारबाही गरिने – Nepal Press

कृषि तथा पशुपन्छीको तोकिएको भन्दा धेरै बीमांक कायम गरिए कारबाही गरिने

काठमाडौं । कृषि तथा पशुपन्छीको हकमा तोकिएको भन्दा धेरै बीमांक कायम गरी बीमालेख जारी गरेमा सम्बन्धित प्राविधिकलाई कारबाही गरिने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै तोकिएको भन्दा धेरै बीमाकं कायम गरिएका गुनासा आएको भन्दै बाली तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय भएको जनाएको हो ।

कृषि तथा पशुपन्छी बीमा अन्तरगत जारी हुने केहि बीमालेखमा कृषिको हकमा कृषि प्राविधिक र पशुपन्छीको हकमा पशुतर्फको प्राविधिकले नियमानुसार भन्दा बढी हुने गरी बीमाङ कायम गरी सिफारिस गरेको पाइएमा प्राविधिक नै जिम्मेवारी हुने र काबाहीको भागेदार बनाइने समितिको बैठकले निर्णय गरेको मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत डा.अरुणप्रकाश भट्टले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

कृषि तथा पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका, २०७८ मा व्यवस्था भएअनुसार प्राविधिकले बिमालेख जारी गर्नु अघि बीमा गर्न लागेको वस्तुको जाँच पास गरी बीमा नर्ग योग्य छ या छैन भनी मूल्यांकन गरी बीमितलाई सिफारिस पत्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

यस्तै बीमालेख तथा निर्देशिका मा उल्लेख भए अनुसारको बीमाकं कायम गनेृ आधारभन्दा फरक हुने किसिमले सिफारिस गर्न नहुने व्यवस्था रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *